डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

 ग्लोवल टि.भी.      शनिबार, असार ११, २०७९      0

असार ११-सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ । ‘उद्योग मन्त्रालयले मूल्य घटाउने घोषणा गरेपछि निगमले आजै राती १२ बजेदेखि मूल्य घटाउँछ’ नेपाल आयल निगम स्रोतले जानकारी दियो ।

यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

यस्तै सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.