नागरिकता विधेयक अघि बढाउन हुँदैन : चित्रबहादुर

 ग्लोबल टिभि      शनिबार, असार ११, २०७९      0

असार ११– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले उक्त विधेयक पारित गराउने गरी अघि बढाएको भन्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने जिकिर गरे । नागरिकले नागरिकता पाउने विषयमा भने आफूहरूको विरोध नरहेको उनले स्पष्ट पारे ।

केसीले वंशजको नागरिकता दिनका लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको बताए ।

अहिलेको पाँचदलीय सत्ता गठबन्धन आउँदो निर्वाचनसम्म कायमै रहने पनि उनले उल्लेख गरे ।

अमेरिकाको प्रस्तावित एसपीपी कार्यक्रम अस्वीकार गर्नेबारे नेपालका दलले लिएको निर्णय स्वागतयोग्य रहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *