असार १२ – राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्धार भएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरू बाटो भुलेर जंगलमा फसेका थिए । थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भीरमा फसेको अवस्थामा प्रहरी प्रभाव थानकोटको टोलीले उनीहरूलाई फेला पारेको हो ।
सानेपास्थित प्रहरी प्रभागमा यसबारे सूचना आएपछि प्रहरी वृत्त थानकोटबाट तत्कालै प्रहरी उद्दारकर्मीहरु परिचालन गरिएको थियो । शनिबार साँझ आएको सो खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले जानकारी दिए ।
उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्धार गरी रातिनै साथीहरुको जिम्मा लगाइएको उनले बताए ।उद्धार भएकाहरुमा अमेरिकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।
Leave a Reply