एथ्लेटिक्स प्रतियोगिता सम्पन्न, जयरानी र शिव उत्कृष्ट खेलाडी

 ग्लोवल टि.भी.      आइतवार, असार १२, २०७९      0

विनोद असार १२– नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । ३१ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन भएको हो । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा जयरानी थारु र शिव पार्की उत्कृष्ट खेलाडी घोषित हँदा आर्मी पहिलो, एपीएफ दोस्रो र बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् ।

नेपाल एथलेटिक्स संघले आयोजनागरेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबार सम्मन्न भएको छ ।शुक्रबार शुरु भएको प्रतियोतितामा३१ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टोलीको सहभागिता रहेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी पहिलो, एपीएफ दोस्रो र नेपाल प्रहरीले तेस्रो स्थान हासिल गरेका छन् ।पहिलो भएको आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कास्य पदक प्राप्त गर्याे भनेदोस्रो भएको एपीएफले १९ स्वर्ण,६ रजत र ८ कास्य प्राप्त ग¥यो । बागमती ३ स्वर्ण,२ रजत र ४ कास्यसहित तेस्रो बन्यो ।चौंथो बनेको पुलिसले २ स्वर्ण,३ रजत र ४ कास्य प्राप्त ग¥र्यो ।कर्णालीले ३ रजत र २ कास्य जित्दा लुम्बिनीले २ रजत र ४ कास्य हात पा¥यो ।

गण्डकी र सुदूरपश्चिमले समान १ रजत र १ कास्य हात पारेका हुन ।प्रतियोगितामात्रिभुवन आर्मीक्लबकी जयरानी थारु महिलातर्फ र पुरुषतर्फ एपीएफका शिव पार्की उत्कृष्ट चुनिए । जयरानीले दुई राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण पदक जितिन । त्यस्तै एक रजत पदक प्राप्त गरिन् । जयरानीले १ सय मिटर र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी हुन । यस्तै जयरानीले महिला लङजम्प र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जित्दा ४ गुणा ४०० मिटर महिला रिलेमा रजत पदक जितेकी हुन् । प्रतियोगितामा शिवले ३ स्वर्ण पदक र एक रजत प्राप्त जिते ।उनले १ सय मिटर,२ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण हात पारे । ४ गुणा ४ सय मिटर रिलेमा उनले कास्य पदक जिते । उत्कृष्ट चुनिएका जयरानी र शिवले ट्रफी प्राप्त गरे । जयरानीले दुई राष्ट्रिय कीर्तिमान वापत १० हजार नगद प्राप्त गरिन । १ सय १० मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएका आर्मीका जीवन थारुले पनि ५ हजार प्राप्त गरे ।

प्रतियोगिताबारे बोल्दै एथलेटिक्स संघका अध्यक्ष राजिवबिक्रम शाहले तीन विभागिय क्लवको प्रदर्शनबाट खुसी भएको तर सात प्रदेशले सोचे अनुरुप पर्दशन नगरेको भन्दै प्रदेशले आगामी दिनमा धेरै मेहनत गर्नुपर्ने बताए ।

त्यस्तै प्रतियोगिता समापनमा सहभागी भएका नेपाली सेनाका खेलकुद विभाग प्रमुखले विभागिय टीमको प्रर्दशनबाट सन्तुष्ट रहेको बताए । उनका अलवायुवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले खेलाडीलाई एक्स्पोजर कम भएको र त्यसका लागि मन्त्रालयले काम गर्ने बताए ।

प्रतियोगितामा विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाह, तीन विभागिय टीमका प्रतिनिधि लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली आर्मी-प्रहरी-सशस्त्र गरी १० टिमबाट २ सय ४० खेलाडी सहभागी थिए । कोरोनाका कारण दुई बर्षसम्म हुननसकेको प्रतियोगिता यसपाली भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.