काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिएका हुन् ।
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरे । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।
घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नु भएको बताए । उनले आफ्नो जीवनमा अनेकौँ इतिहास रचेकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताए ।
महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाइ छ ।
Leave a Reply