दोहा । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।
दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जनाएको छ ।
कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरेको छ ।
सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।
आगामी फागुन २ गते लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ ।
राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न समेत दूतावासले भनेको छ ।
कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गते भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरिएको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
Leave a Reply