रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते

 ग्लोबल टिभि           0

बिकास रौनियार,धादिङ : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौंदी बजारमा रोकि राखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस चरौंदी बजारमा रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो। दुर्घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी हिरामाया गुरुङ र नवलपरासी रजहरकी कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ। माइक्रोको गति तीब्र रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ !

 

केही दिनयता पृथ्वी राजमार्गमा गम्भीर प्रकृतिका दुर्घटना भइरहेका छन्। बुधबार पृथ्वीराजमार्गको थाक्रेमा मोटरसाइकल र ट्रक जुध्दा आगो लागेपछि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

त्यस्तै गत माघ १९ गते पनि थाक्रेमै रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *