जिपि कोइराला फाउन्डेसनद्धारा जिरीमा न्यानो वितरण

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २, २०७७      0

गिरिजाप्रसाद कोइराला फाउन्डेसन दोलखाले जिल्लाको जिरी नगरापालिकामा अपांग र जेष्ठ नागरिकलाई न्यानो वितरण गरिएको छ । समाजसेवि स्व. टंककुमारी राजभण्डारीको सम्झनामा छोरा दिपमणि राजभण्डारीको सहयोगमा न्यानो कपडा बितरण गरेको फाउन्डेसनले जनाएको छ ।

जिरी नगरपालीका ५ मा रहेका विभिन्न ५५ जना जेष्ठ नागरिकहरुलाई शनिबार एक कार्यक्रमकाबीच ज्याकेट, ब्ल्याङ्केट र विभिन्न न्यानो कपडाहरु वितरण गरेको फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

फाउन्डेसनले यसअघि पनि कोरोना महामारीको समयमा जिल्लाका विभिन्न स्थानहरुमा खाध्यन्न लागाएतका विभिन्न जिन्सी सामाग्रीहरु वितरण गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *