कस्तो छ आजको मौसम ?

 ग्लोबल टिभि           0

असार २३-देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *