“नेपाल–पुननिर्माण” र “पुर्नस्थापना लेखनवृत्ति” पुरस्कारबाट १४ पत्रकार सम्मानित

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २, २०७७      0

भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको पुननिर्माणको क्रममा समाचार संकलनका लागि अहोरात्र खट्ने पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सम्मान गरिएको छ ।

भूकम्प अति प्रभावित विभिन्न १४ जिल्लाको सत्यतथ्य सामाग्री सञ्चारमाध्यममा प्रसारण र प्रकासन गरि सहयोग गर्ने १४ जना पत्रकाहरुलाई “नेपाल–पुननिर्माण” र “पुर्नस्थापना लेखनवृत्ति” पुरस्कारबाट सम्मान गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

सम्मानित हुनेहरुमा सिन्धुलीबाट राजकुमार कार्की, धादिङबाट नवराज छत्कुली, दोलखाबाट उषा तामाङ्ग, गोरखाबाट भिमलाल श्रेष्ठ, रसुवाबाट अनु कुमारी आचार्य, सिन्धुपाल्चोकबाट दुर्गा आचार्य, नुवाकोटबाट शर्मिला उप्रेती, मकवानपुरबाट सम्झना रिजाल, ओखलढुंगाबाट शिवप्रसाद ढुंगाना, काभ्रेबाट मोतीराम तिमल्सिना, रामेछापबाट जानुका पौडेल, ललितपुरबाट रामहरी कार्की, भक्तपुरबाट सम्झना पौडेल र काठमाण्डौँबाट विद्या राई रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *