गण्डकी प्रदेश सरकारले विपीको नाममा १२ ठाउँमा पार्क बनाउने

 ग्लोबल टिभि      आइतवार, असार २६, २०७९      0

असार २६– गण्डकी प्रदेश सरकारले नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउने भएको छ । त्यसका लागि अर्थमन्त्री रामजी बरालले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

त्यसबाहेक प्रदेश सरकारले कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ«ेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

मातापिताको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन भएकोबारे चर्को आलोचना भएपछि सामाजिक विकासमन्त्री श्रेयठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिर्ता गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवाआमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरुप सदैव कार्य गर्ने, गराउनेछु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धतासमेत गर्दछु ।’

छुटेका कार्यक्रम समावेश गरिएको भन्दै प्रदेश सरकारले ल्याएको सेतो किताबमा मन्त्री, नेताका आफन्तको नाममा पार्क तथा भवन बनाउन बजेट विनियोजन भएको हो । उक्त पुस्तकमा २७ करोड रुपैयाँका योजना समावेश गरिएका छन् । सेतो पुस्तकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जवाफ मागेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *