सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ४, २०७७      0

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व  विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी मनाइन्छ ।

वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान र विद्या बढ्ने विश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आरधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । माघ र फागुन महिना शिशिर ऋतुमा मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *