भागरथी हत्या आरोपित दुई बजे गरिदै सार्वजनिक

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन ५, २०७७      0

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन् । भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको प्रहरी समक्ष उनले बयान दिएको प्रहरीले जनाएको छ ।

घटनाको १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन् । उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका थिए । पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन’ उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएको बलात्कारको बदला लिन उनकै छोरीको हत्या गरेको हुँ भनेर बयान दिएका छन् ।’

पक्राउ परेका युवकको भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनको नजिकको नाता पर्ने एक महिलामाथि बलात्कार गरेका थिए । तर, त्यो घटना गाउँमै मिलाइएको थियो । ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् । भागरथीका बुवाको निधन भइसकेको छ ।
घटनापछि भागरथीलाई न्याय माग्दै भएको प्रदर्शनमा पनि ती किशोर हरेक दिन सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरलाई बुधबार दिउँसो दुइबजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने सुदुरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *