कैलाश,असार २९– काठमाडौको नागपोखरीमा रहेको सन्तोषी माताको मन्दिरमा चोरी भएको छ । गत बुधबार राती ११ बजे अज्ञात समुहले मन्दिरबाट बहुमुल्य गहना, चादीका भाडा र नगद सहित चोरी गरेको हो । राजधानीकै सुरक्षित र मन्दिर जस्तो पबित्र क्षेत्रबाट चोरी भएपछी काठमाडौमा भगवान नै सुरक्षित हुन नसकेको विश्लेषण हुन थालेको छ ।
घटना असार २२ गतेको हो । राती साढे ११ बजेको समयमा दुई जना अज्ञात ब्यक्ती पर्खाल नाघ्दै मन्दिर भित्र पसेर लाखौ मुल्य पर्ने सुनका गहना चोरी गर्छन । कोहि नभएको मौका छोप्दै उनिहरुले मन्दिरभित्र रहेका चादिका गहना र नगद पनि चोरेर भाग्छन् । सिसिटीभी फुटेजमा देखिएको यस्तो दृष्य अहिले प्रहरी कार्यालय पुगेको छ ।
सेवा समितिका अनुसार मन्दिरबाट सुनको हार, सुनको तिलहरी र चादीको मुकुटसमेत चोरी भएको छ । भक्तहरुले मन्दिरमा चढाएको नगद ३० हजार पनी चोरी भएको छ । संगै तलव वापत पाएको आफ्नो पनि नगद चोरी भएको मन्दिरका पुजारीले बताएका छन ।
प्रहरीले चोरीमा संग्लग्नलाई खोजी गर्न अनुसन्धान अगाडी बढाएको छ । तर हालसम्म पनि सत्यतथ्य पत्ता लागेको छैन । प्रहरीले चोरीमा संग्लग्नलाई कानुनी दायरामा ल्याउने स्थानियको विस्वास छ । तर अनुसन्धान भने केही ढिला भएको उनिहरु बताउँछन ।
राजधानीकै ब्यस्त मानिने दरबारमार्ग र त्यसको नजिकै रहेको नागरपोखरीबाट मन्दिर चोरी भएपछी स्थानिय अचम्मित छन ।
Leave a Reply