#BREAKING धादिङमा यात्रु बस दुर्घटना : ८ जना घाइते, एकको अवस्था गम्भीर

 ग्लोबल टिभि           0

बिकास रौनियार,धादिङ । धादिङवेशी सल्यानटार सडक खण्ड अन्तर्गत नीलकण्ठ नगरपालिकाको वडा नम्बर – ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडकमै पल्टिएको थियो।

घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकाले उनलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ।

बसका चालक र बसधनी प्रहरी सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। बस सडकमै पल्टिएपछि धादिङवेशी सल्यानटार सडक अवरुद्ध भएको छ।

घाइतेको नामावली:

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *