एजेन्सीको विश्वसनियतामा अझै चुनौति
राष्ट्रिय समाचार समितिले शुक्रबार आफ्नो स्थापनाको ६० औ बर्षगाठ मनाएको छ ।
पछिल्लो समय नेपाली संचार क्षेत्रमा समाचार सेवा दिनेगरी राससको विकल्पमा न्यूज एजेन्सी नेपालले काम गर्दे आएको छ । समाचार सेवा प्रदायक संस्थाले जहिले पनि समाचारको विश्वसनियता र एकरुपतामा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
उनीहरुले राज्यद्धारा सञ्चालित वा निजी क्षेत्रबाट सञ्चालित दुवै समाचार सेवा प्रदायक संस्थाहरुबाट उत्पादित सामाग्री निश्पक्ष अनि विश्वसनिय हुनुपर्ने धारणा राखेका छन् । विभिन्न सञ्चार माध्यमको वृद्धि संगै एउटै कार्यक्रमका भिन्न भिन्न कोणका समाचारले सर्वसाधरण भ्रमित हुनेगरेको भन्दै उनीहरुले समाचारको विश्वसनियता तथा सत्यताका लागि न्यूज एजेन्सीहरुको भूमिका प्रभावकारी र महत्वपूर्ण रहेको बताए ।
बरिष्ठ पत्रकार भैरव रिसालले समाचार सेवा प्रदायक संस्थाले कसैको पक्षमा वकालत नगरि राज्य र जनता दुवैको विश्वास आर्जन गर्ने गरि सेवा दिनुपर्ने बताएका छन्। समाचार एजेन्सीहरुका मुख्य चुनौति नै जनता र सरकार दुवैको विश्वास जित्नु रहेएको बताए ।
उनले भने “यसले कसैको पक्ष लाग्न हुदैन । यसले सरकार र जनतालाई बराबर हेर्नुपर्छ । दुवैलाई तातो काखमा राख्नुपर्छ । यसले सरकारमात्रै हेर्दा जनता पछि पर्छ । नतालाई मात्रै हेर्दा सरकारले खर्च गरेर आफ्नो संस्था भनेको छ । यसैले दुवैको विश्वास आर्जन गर्नु नै मुख्य चुनौति हो ”।
त्यसै गरि उनले सरकार र जनता दुईवटैको विश्वास आर्जन गर्न सक्ने योग्यता र क्षमता हुनुपर्ने बताएका छन् ।
Leave a Reply