डम्बर चौलागाईं ,दोलखा ।
नेपाली कांग्रेसका स्वर्गीय नेता भिम बहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस विगुले आलाम्पुमा स्मृति भवन निर्माण गरेको छ।
बुधबार नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य नेता जिपछिरीङ लामा र नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले भवनको उद्घाटन गरेका हुन्।
नवनिर्मित स्मृति भवन उद्घाटन गर्दै लामाले थामीहरुको बहुमतले चुनाव जितेका बताएका छन् । तर नेकपाका मन्त्री पार्वत गुरुङ लगायतले थामिहरुको गाउँटोल बिकासमा चासो नदेखाएको बताए।
थामिको दुखमा सात दिने पुरानो पार्टी नेपाली कांग्रेस भएको देखेपछि आलम्पुका थामिले कांग्रेस पार्टीलाई साथदिन थालेको बताए।
नेता लामाले विगुका प्रत्येक विकास निर्माण देखी थामिका गुम्बा,भुमे,तथा विद्यालयलाई आर्थिक सहयोग गर्ने बताए।
नवनिर्मित भवनलाई ४८ जना नेताकार्यकर्ताले स्वदेश विदेश बाट आर्थिक जोहो गरेर स्मृति भवनलाई वडा कार्यालय भवनको रूपमा प्रयोग गर्ने हितले निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष एवं कांग्रेस नेता हस्त बहादुर थामीले जानकारी दिए।
कार्यक्रमका अवसरमा ७० जना भन्दा बढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
Leave a Reply