कोरोनाले चीन फर्कन नपाएका १५० मेडिकल विद्यार्थीले दुई वर्ष नेपालमै पढ्न पाउने

 ग्लोबल टिभि      आइतवार, साउन ८, २०७९      0
Male and female doctors discussing while standing in ICU. Healthcare workers are protective workwear. They are at hospital.

साउन ८– कोभिड–१९ का कारण चीनबाट बिचैमा अध्ययन छोडेर नेपाल आएका १५० एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको सहमतिमा नेपाल मेडिकल काउन्सिलले थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको जनाएको छ ।

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत सन् २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा थप तीनवटा निर्णय गरेको छ ।

यी हुन् सहमति भएका बुँदाहरू
१. निजहरूलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२. एक वर्षे अनिवार्य इन्टर्नसिप ‘नेसनल गाइडलाइन फर मेडिकल इन्टर्नसिप ट्रेनिङ, २००७’ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पूरा गर्नुपर्ने । इन्टर्नसिप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चारवटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

३. चीनमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीहरूको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधिबारे कुनै द्विविधा भए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि यकिन गरेरमात्र अध्ययन सुरू गर्ने ।

४.अब उप्रान्त कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *