अफगानिस्तान र माल्दिभ्सबाहेक दक्षिण एसियाली मुलुक सबैसँग नेपालको व्यापार  घाटा

 ग्लोबल टिभि      बिहिबार, साउन १२, २०७९      0

साउन १२– गत आर्थिक वर्षमा नेपालले दक्षिण एसियाका अधिकांश मुलुकसँग वैदेशिक व्यापार घाटा ब्यहोरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कअनुसार नेपालले दक्षिण एसियाका सबैजसो मुलुकसँग उच्च अंकको व्यापार घाटा ब्यहोरेको हो । नेपालले घाटा व्यहोरेका मुलुकसँगको अन्तर उच्च छ भने नेपालले नाफा कमाएका देशसँगको व्यापार नै न्यून छ । जसले दुई वटा देशसँगको व्यापार नाफामा भएपनि त्यसबाट नेपालले मनग्गे लाभ हासिल गर्न सकेको छैन ।

अफ्गानिस्तानलाई समेत दक्षिण एसियाली मुलुकमा सामेल गर्दा योसहित माल्दिभ्ससँगको व्यापारमा मात्रै नेपाललाई नाफा छ । यसबाहेक नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसँग उच्च अंकको घाटा व्यहोरिरहेको छ । दक्षिण छिमेकी भारतसँग मात्रै १० खर्ब रुपैयाँभन्दा बढीको घाटा ब्यहोरेको तथ्याङ्क छ ।

भारतपछि बंगलादेशसँग सबैभन्दा ठूलो व्यापार घाटा ब्यहोर्दा भुटानसँग तेस्रो सबैभन्दा धेरै घाटा छ । यस्तै, पाकिस्तानसँग र श्रीलंकासँग पनि नेपालको व्यापार घाटा छ । यसबाहेक, टापु देश माल्दिभ्स र भर्खरै युद्धग्रस्त क्षेत्रबाट बाहिर निस्किएको अफगानिस्तानसँग भने नेपालको नाफा छ । तर, यी देशसँग नेपालको ठूलो नाफा भने छैन । माल्दिभ्ससँग २ करोड र अफगानिस्तानसँग १ करोड रुपैयाँ नाफा रहेको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *