साउन ९ गते अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र पठाइसकेको छ : परराष्ट्रमन्त्री

 ग्लोबल टिभि      शुक्रबार, साउन १३, २०७९      0

साउन १३-परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रस्ट पारे ।

उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *