ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनााको मृत्यु

 ग्लोबल टिभि           0

मोरङको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकमा शनिबार राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनााको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी गराएका हुन् ।

प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर ठोक्किएपछि दुर्घटना भएको हो ।

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *