अब निर्वाहमुखी मात्र भएर बस्ने छुट कसैलाई छैन : सञ्चारमन्त्री कार्की

 ग्लोबल टिभि      शनिबार, साउन १४, २०७९      0
rnlrq ljsf; af]8{sf] jflif{sf]T;j sfo{qmddf dGqL sfsL{ sf7df8f}F, !^ c;f/ M ;~rf/ tyf ;”rgf k|ljlwdGqL 1fg]Gb|axfb’/ sfsL{ rnlrq ljsf; af]8{sf] @@cf}F jflif{sf]T;j sfo{qmddf z’esfdgf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

साउन १४– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहोर्याए । त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकारहरुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे । अबको दश वर्षपछि सुन्दर, सभ्य र समृद्ध राष्ट्रको नागरिक बन्ने गरी नेपालले अघि बढनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले त्यस काममा मुलुकको पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘अबको दश वर्षपछिको नेपाल अन्तर्राष्ट्रिय जगतमा गएर हामी द्धन्द्ध पीडित मुलुकको नागरिक हुन नपरोस् । हामी विकासोन्मुख दिशातर्फ अघि बढिरहेको देशको नागरिक भन्न नपरोस् । हामी सुन्दर, सभ्य, समृद्ध देशका नागरिक बन्न सकौँ । यो अठोटका साथ हामी अगाडि बढौं ।’

उनले भने, ‘त्यो अठोटका साथ अगाडि बढ्नका निमित्त यस किसिमका कार्यक्रमहरुले हाम्रो समाजलाई प्रेरित गर्न सकोस् म यिनै शुभकामनाहरू व्यक्त गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको कुरा यहाँहरुसँग निवेदन गर्दै पत्रकारहरुको हितका निमित्त मुलुकमा जवाफदेही र मर्यादित पत्रकारिता जगतको उदाहरण हामीले कमसेकम दक्षिण एसियामा देखाउन लायक देश बनाउनका निमित्त तपाईंहरुको साथमा अहिले मैले सञ्चार मन्त्रालयको नेतृत्व गरिराखेको हुनाले केवल भाषणमा मात्रै होइन, व्यवहारमै तपाई पत्रकारहरुको साथमा रहने कुरा विश्वास दिलाउन चाहन्छु । अब निर्वाहमुखी भएर बस्ने छुट हामीलाई छैन । अब हाम्रो गतिहरुलाई तेजका साथ देश र जनताको निम्ति अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । र, त्यो आवश्यक्ता हरेक भूमिका रहेका व्यक्तिहरुमा लागू हुन्छ ।’

मन्त्री कार्कीले कोभिड महामारीको बेलामा पनि पत्रकारहरुलाई साथ दिएको भन्दै इञ्जाको प्रशंसा समेत गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *