ग्लोबल टिभि
0
विकास रौनियार, धादिङ । मानव बेचविखन तथा बाल संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुका लागि एक दिने अभिमूखीकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को आयोजनामा भएको उक्त तालिममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव बेचविखन भनेको के हो रु मानव बेचबिखन सम्बन्धी अन्तराष्ट्रिय मान्यताहरु के के छन् ? बाल अधिकार भनेको के हो ? बालबालिकासँग सम्बन्धित, लैङ्गिक हिंसा, मानव बेचविखन, पीडित केन्द्रित रिपोर्टिङ गर्दा अपनाउनुपर्ने कानुनी प्राबधानहरु र पत्रकार आचारसंहिताहरु लगायतका विषयमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा राममणि गौतम, कपिल अर्याल र केशव दुवाडीले सहजीकरण गर्नुभएको थियो ।
Post Views: 1,249
Leave a Reply