काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि सोमबार पुनः पानी हालिदै छ । आयोजनाले सुरुङ परीक्षणका लागि पुनः पानी हाल्न लागेको हो सोमबार बिहान ११ बजे खानेपानी मन्त्री मणि थापाले स्विच अन गरेर सुरुङमा पानी हालेर उद्घाटन गर्ने कार्यक्रम आयोजनाले जनाएको छ ।
असअघि मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षणका लागि पानी हालिएको थियो । पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट असार ३१ गते एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका थिए ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको निर्देशक तिरेश खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले जनाए ।
Leave a Reply