बारपाकमा एकै परिवारका ३ जना मृत फेला

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १०, २०७७      0

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १२–१३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ l एसपी सुरेन्द्र बहादुर गुरुङले ग्लोबल टेलिभिजनलाई भने, ‘घटना स्थल पुग्न करिव तीन घण्टाको समय लाग्छ, जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ’ उनले भने, ‘पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *