एकै चरणमा चुनाव हुँदा प्रहरीले कसरी गर्छ सुरक्षा व्यवस्था ?

 ग्लोबल टिभि      बिहिबार, साउन १९, २०७९      0

विनोद/विजय साउन १९– सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको बताएका छन् । उनले एकैचरणमा हुने चुनावको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी सक्षम रहेको समेत बताए ।

सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । संघ र प्रदेशको निर्वाचन एकैपटक गर्दा सुरक्षा चुनौती हुने कुरा उठिरहेको छ । तर, प्रहरीले भने निर्वाचनमा सुरक्षा गर्न सक्षम रहेको बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको बताएका छन् ।

प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो । तर सरकारले एकैचरणमा चुनाव गर्ने निर्णय गरेपछि प्रवक्ता राईले विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको र यसपालि पनि सुरक्षामा कुनै त्रृटि नरहने बताएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा छिटपुट घटना भएका थिए । जसलाई मध्यनजर गर्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थापन चुस्त पार्नुपर्ने देखिएको छ । प्रहरीले निर्वाचन सुरक्षा तयारीका लागि कार्य विभागका प्रमुख प्रहरीलाई जिम्मेवारी दिने तयारी थालेको छ । यसअघि बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि ६२ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी ७१ हजार नेपाली सेना र एक लाख म्यादी प्रहरी खटिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *