सप्तकोशी पीडितलाई प्रदेश १ सरकारको राहात

 ग्लोबल टिभि      शुक्रबार, साउन २०, २०७९      0

साउन २०– अविरल बर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो।

सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ।

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *