पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया थर भएकाले भत्ता नपाउने

 ग्लोबल टिभि      शुक्रबार, साउन २०, २०७९      0

साउन २०– पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया लगायतका जात–थर भएका व्यक्तिले दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

दलितमा सुचिकृत नभए पनि पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया थर भएका व्यक्तिहरुलाई अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए । कही स्थानीय तहले भने भत्ता दिने कि नदिने भनेर सुझाव मागेका थिए ।

स्थानीय तहहरुले यी जातहरुलार्ई सामाजिक सुरक्षाभत्ता दिने कि नदिने भन्ने अन्यौलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको विभागका सामाजिक सुरक्षा शाखाका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *