जुवातास खेलिरहेका १० जना पक्राउ

 ग्लोबल टिभि      शनिबार, साउन २१, २०७९      0

साउन २१– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *