बालबालिकालाई स्तनपान गराउने आमाको संख्या घट्यो

 ग्लोवल टि.भी.      आइतवार, साउन २२, २०७९      0

सुनिता बाँस्कोटा, साउन २२– नेपालमा स्तनपान गराउने आमाहरुको संख्या चार वर्षमा ७ प्रतिशतले घटेको परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाएको छ । विशेषगरी शहरी क्षेत्रका आमाहरुमा स्तनपान गराएमा सुन्दरतामा ह्रास आउने, तौल घट्ने, स्तनको आकार बिग्रिने जस्ता भ्रमका कारण स्तनपान गराउनेको संख्या घट्दै गएको हो ।

नेपालमा नवजात शिशुहरुलाई स्तनपान गराउने आमाहरुको संख्या ४ वर्ष यता ७ प्रतिशतले घटेको छ । ग्रामिण क्षेत्रहरुमा भन्दा शहरी क्षेत्रमा स्तनपान गराउनेको प्रतिशत उल्लेख्य रुपमा घटेको हो । शिशुलाई ६ महिनासम्म कम्तिमा स्तनपान मात्रै गराउनुपर्ने हुन्छ तर यसलाई बेवास्था गर्दै स्तनपान गराउने संख्या घट्दै जानुले बालबालिकमा पोषण शक्तिका साथै उनीहरुको बृद्धि बिकासमा समेत असर पुग्ने गर्दछ । नियमित स्तनपान नगराएमा अथवा ५/६ महिनामै छुटाएमा शिशुमा ख्याउटेपन, कुपोषण, वृद्घिविकासमा कमि आउने जस्ता समस्या बढ्ने बालरोग विशेषज्ञ आरपी चौधरीको भनाई छ ।

विशेष गरी बागमती प्रदेशको तुलनामा कर्णाली प्रदेशमा स्तनपान गराउने आमाको संख्या उल्लेख्य देखिएको छ । यसले पनि के स्पष्ट पार्दछ भने ग्रामिण परिवेशका आमाहरुमा भन्दा शहरी परिवेशका आमाहरुले शिशुलाई कम समयसम्म स्तनपान गराउने प्रबृति बढेको छ । यसरी शिशुलाई स्तनपानको ठाउँमा बजारमा पाईने कृत्रिम दुध खुवाउनाले शिशुको शारिरिक वृद्घि विकासमा नकारात्मक असर पर्ने, निमोनिया हुने, आँउ पर्ने आदि जस्ता समस्याले शिशुहरुमा कुपोषण समेत हुनसक्ने अवस्था रहेको छ ।

स्तनपानले शिशुहरुलाई मात्रै नभई आमालाई समेत फाईदा पु¥याईरहेको हुन्छ । त्यस्तै नियमित स्तनपान गराउने आमाहरुलाई स्तन क्यान्सर र पाठेघर क्यान्सर हुने संभावना कम हुने गर्दछ । यसरी ६ महिनासम्म स्तनपान गराउनाले शिशुहरुको शारीरिक विकास र बिभिन्न रोग संक्रमण जोखिम कम हुनुका साथै आमाहरुको स्वास्थमा समेत फाइदा पुग्ने देखिन्छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.