प्रचण्डको झुट छता–छुल्ल !

जापान पुगेर प्रचण्डले झुट पनि बोले, फेसबुकबाट भिडियो पनि हटाए

 ग्लोवल टि.भी.      आइतवार, साउन २२, २०७९      0

विकास/गणेश,साउन २२– सत्तारुढ दलका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा छन् । उनी शुक्रबार राति जापान उडेका थिए भने शनिबार जापान स्थित नेपाली राजदूतले उनलाई स्वागत ग¥यो । त्यसपछि प्रचण्डले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिकृया दिँदै जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग २–३ पटक नेपाल भ्रमणका क्रममा भेट भएको दाबी गरे । जबकी आबे र प्रचण्डको कहिल्यै भेट भएको र आबे नेपाल आएको रेकड छैन् । यसरी प्रचण्डले सबैसामू देखिदेखि झुट बोले । प्रचण्डले झुट बोलेसँगै उनी पुनः विवादमा तानिएका छन् ।

प्रचण्डले गएको शनिबार जापान पुगेर उनलाई स्वागत गर्न आएका नेपाली, कार्यक्रम आयोजक र सञ्चारकर्मीलाई यसरी गलत जानकारी मात्र दिएनन्, झुट पनि बोलेका थिए ।

प्रचण्डले झुट बोलेका छन् । तर, वास्तविकता अर्कै छ । प्रचण्ड नारिता विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूले उनलाई घेर्छन् । तब, सञ्चारकर्मीहरूलाई जापना भ्रमणका बारे संक्षिप्त जानकारी दिँदै गर्दा प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे नेपाल आउँदा २–३ पटक कुराकानी भएको र यसपटक जापान आउँदा भेट्नका लागि समय मिलाउन खोजेको दाबी गर्छन् । तर, वास्तविकता के हो भने आबे र प्रचण्डको अहिले सम्म वान टु वान भेट भएको छैन् । र अर्को कुरा आबे कहिले नेपाल आएनन् । अब भन्नुहोस् आबे र प्रचण्डको २–३ पटक भेट आबे नेपाल आउँदा कहाँ र कसरी भयो ?

त्यसो त आबे २६ सेप्टेम्बर २००६ देखि २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२ देखि १६ सेप्टेम्बर २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए । तर, आबे प्रधानमन्त्री हुँदा कहिल्यै नेपाल आएका छैनन् । बरु राष्टपति विद्यादेवि भण्डारी र आबेबीच भण्डारी जापान भ्रमणमा रहेको बेला भेट–घाट भएको थियो । यसरी प्रचण्डले नारिता विमानस्थलमा हुँदै नभएको दाबी गरे । उनको दाबी विवादमा परेपछि प्रचण्डको आधिकारिक फेसबुकबाट पोष्ट भएको भिडियो सामाग्री पनि हटाईएको छ भने, फुकुओकामा सम्बोधन गर्ने क्रममा प्रचण्डले दाबी पनि सच्याए । प्रचण्डले फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै सन्जो आबेसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहेको भन्दै बोली यसरी सच्याए ।

५ दिने जापान भ्रमणमा रहेका दाहालले प्रवासी नेपालीलाई सम्बोधन गरेपछि आइतबार आणविक बम खसेको हिरोसिमा शहर स्थित संग्रहालयको अवलोकन गरेका छन् । अर्थात उनी जापान घुम्नमा व्यस्त छन् । त्यसो त उनले भ्रमणका दौरान द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा जोड दिन र जपानमा रहेका नेपालीहरूको अबस्था बुझ्न आएको बताउँदै आएका छन् । तर, उनले जापानका को–को नेताहरूसँग भेट्दैछन् त्यसको तालिका सार्वजानिक भएको छैन् । त्यसो हुँदा उनले जापानका प्रभावशाली नेताहरूको भेट नपाउन सक्ने सम्भावना छ । त्यसो त प्रचण्डको यो भ्रमण जापानी निम्तोमा नभएर जापानमा रहेका माओवादी निकट नेपालीहरूको निम्तो स्वीकार गरेर उनी भ्रमणमा निस्किएका हुन् । जसमा प्रचण्डले दाबी गरेजस्तो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने वा नेपाल–जापान कूटनीतिमै असर पार्ने भेट हुने देखिदैन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.