पशुपतिनाथ मन्दिर भित्रको शिवलिंगमा सुनको जलहरी राख्ने निर्णय विवादमा परेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा पशुपतिनाथभित्रको ज्योर्तिलिङ्गमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा १ सय ४१ किलोको सुनको जलहरी राख्न लागिएको हो ।
सुनको जलहरी लगाउन कति उपयुक्त भन्ने विषयमा विभिन्न फरक–फरकमतहरु आइरहेका बेला उक्त निर्णय कार्यान्वयन नगर्न भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।
स्थानीय बासिन्दा एवं बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले रिट निवेदन दर्ता गराएका हुन् । पुरातात्विक सम्पदा सम्बन्धी ऐन, विश्व सम्पदाको मापदण्ड र शिव दर्शनको मान्यता विपरित सुनको जलहरी राख्न लागिएको भन्दै उक्त निर्णय बदर गराउन माग गरिएको रीटमा प्रधानमन्त्री, मन्त्रीपरिषदको कार्यालय, संस्कृति मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाईएको छ । रिट निवेदनमाथि छलफलका लागि बुधवार पेशी तोकिएको छ ।
Leave a Reply