संसदको कार्यकाल पुरै ५ वर्ष नभए देशमा संकट आउनसक्छ : देव गुरुङ

 ग्लोबल टिभि      बुधबार, साउन २५, २०७९      0

साउन २५–माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले संसदको पूरै ५ बर्ष कार्यकाल रहने ऐन बनाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभाको कार्यकालको बारेमा बहस उठेको बताए । उनले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने भनेर संविधानको धारा ८५ को १ ले भनेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशले पनि संसदको समयावदी ५ वर्षभन्दा कम घटाउन नहुने भनेको उल्लेख गरे ।

उनले भने–‘यो मध्यावदी चुनावपनि हैन । संविधानको धारा ७६ को ५ अनुसार सरकार विफल भएर चुनाव भएको पनि हैन । त्यसैले यो निर्वाचन कार्यतालिकाका लागि एउटा ऐनको आवश्यकता पर्दछ । संसदको कार्यावदी राख्ने बारेमा पनि एउटा ऐनको आवश्यकता पर्दछ । त्यसकारण छिटोभन्दा छिटो सरकारले विधेयक ल्याओस् । संविधानले संसदको रिक्तताको परिकल्पना गरेको छैन । अहिलेको परिस्थितिले रिक्तताको संभावना छ । यस्तो अवस्थामा मुलुकमाथि एउटा गम्भीर संकट पैदा हुनसक्छ ।’ उनले छिटो भन्दा छिटो ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *