हेटौँडामा सुमो दुर्घटना हुँदा ११ जना घाइते

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ११, २०७७      0

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२, चौकीटोलमा आज बिहान सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । घाइते मध्य ९ जनाको डिस्चार्ज भैसकेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी गराएका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *