आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार आधार शिबिरमा

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १७, २०७७      0

सोलुखुम्बु । सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुग्नुभएको छ । केही दिनअघि नेपाल आउनुभएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहणको व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टीनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला आएको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना रहेका छन् । जसमा छ जना विदेसी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने छन् ।
कोरोना कहरले थलिएका बेला यो सन् २०२० को तेस्रो आरोहण टोली हो । यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली गरी दुई समूहले लुबुचे हिमालको सफल आरोहण गरिसकेका छन् ।
अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौँ फर्किने हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताउनभयो ।
अन्य भन्दा कमै आरोहण हुने छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *