प्रचण्डको घर बेटीले प्रचण्ड विवादमा, बालेनले खोले पोल…

 ग्लोवल टि.भी.      बुधबार, भदौ १, २०७९      0

विकास/गाणेश/भदौ १ –काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार साझ सामाजिक सञ्जालमा तीनपिप्ले– बञ्चरेडाँडा सडक खण्डको दुरवस्थाको भिडियो सहित एक स्टाटस लेखे । भिडियो सहितको स्टाटसले माओवादी केन्द्र समर्थकहरूको सातो गएको छ । अझ भनैं माओवादी समर्थकहरू मेयरको विरुद्धमा खनिएका छन् ।

सामाजिक सञ्जालमा गालि बर्साईरहेका छन् बालेन्द्र बिरुद्ध । स्टाटसमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष मेयर बालेन्द्रले गरेका छन् । बालेन्द्रले फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि भिडियोमा देखिए जस्तो हालत बनाउने मान्छे अरु कोही नभएर प्रचण्ड जुन घरम बस्दै आएका छन्, त्यहि घरका घरबेटी शरदा अधिकारी रहेको आरोप लगाएका छन् । र तिनै अधिकारीको घर खुमल्टारमा प्रचण्ड तिनको अंगरक्षक जसरी बसेर कुन नैतिकताले देश बनाउँछु भनेर भन्नु भन्दै प्रचण्डलाई बालेन्द्रले प्रश्न समेत गरेका छन् । त्यसो त बालेन्द्रले प्रचण्डलाई शैलुङ कन्सट्रक्सनका ठेकेदार शरदा अधिकारीको अंगरक्षक भएर खुमल्टारको घरमा बसेको जस्तो गम्भिर आरोप लगाएका छन् । मुलुकको पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका शीष नेता प्रचण्ड विरुद्ध किन यसरी खनिए त बालेन्द्र ?

हो दर्शकवृन्द त्यो यहि बाटो हो । जुन ८ बर्ष अघि शैलुङ कन्सट्रक्सनले कालोपत्रे गर्न ठेक्का लिएको थियो । कुल २५ किलोमिटर सडक रहेको यो खण्डमा ८ किलोमिटर सडक उपत्यकाबाट फोहोर फ्यांक्न जाने गाडी कुद्छ ।

सडक विभागले पटक पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले ८ बर्ष सम्ममा पनि काम सम्पन्न गरेन् । मात्र करिब ५० प्रतिशत काम सम्पन्न गर्यो शैलुङले ८ बर्षमा तर, म्याद भने सात पटक थपियो । अन्तिम पटक थपिए म्याद गत चैतमा सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोड्यो शैलुङसँग । तर, अधिकारीको कम्पनीले गल्ति स्वीकार गर्नु त कहाँ हो कहाँ उल्टै जिल्ला अदालत ललितपुरमा सडक विभाग विरुद्ध मुद्दा दायर गर्यो ।

असार १५ गते दायर गरिएको उक्त मुद्दामा गत सोमबार जिल्ला अदालत ललितपुरले अधिकारीको माग अनुसार आदेश दिएन बरु सडक विभागले कम्पनीसँग गरेको ठेक्का प्रकृया रद्दलाई नै सदर गरिदिएको छ । सँगै शैलुङलाई तीन वर्षसम्म कालो सूचीमा राख्ने बाटो खुलेको छ । किनकी सडक विभागले अधिकारीको कम्पनीलाई तीन वर्षसम्म कालो सूचीमा राख्न यसअघिनै सिफारिस गरिसकेको छ । त्यस्तै शैलुङ्ग कन्सट्रक्सनसंग १ करोड ५५ लाख जरिवाना असूलउपर गर्न समेत विभागले माग गरेको छ । ललितपुर जिल्ला अदालतको उक्त आदेश र विभागको त्यस्तो सिफारिस पछि भने बालेन्द्रले प्रचण्डबिरुद्ध स्टिाटस लेखेका हुन् ।

त्यसो त यहि तीनपिप्ले– बञ्चरेडाँडा सडक खण्डको दुरवस्थाका कारण स्थानीय आक्रोसित बन्दै आएका हुन् । उनीहरूको माग अहिलेलाई यो सडक बन्नुपर्ने मात्र छ । जुन माग जायज पनि हो । काठमाडौं उपत्यका भरीको फोहरो जो थुप्रिन्छ सिसडोल र बञ्चरेडाँडामा । भए भरको फोहोर लैजाने बाटो चाहिँ बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुदा कस्लाई पो सैय हुन्छ र, तपाई पनि त्यहि क्षेत्रको हुनुहुन्थ्यो भने चुप बस्नु हुन्थ्यो ?

त्यसो त सिसडोल र बञ्चरेडाँडाबासीँको मागलाई महानगरले सम्बोधन गर्ने बचन नै दिएको छ । लिखित रुपमा सम्झौता गरिएको छ । तर, तिनै स्थानीयहरूलाई उचालेर स्थानीय राजनीतिककर्मीले फोहरो माथि राजनीतिकरण गरेका छन् । जसका कारण काठमाडौंको फोहोर उठ्न सकेको छैन् । उठेका फोहोर पनि स्थानीयको अबरोधका कारण बिसाउँन सक्ने अबस्था छैन् । फोहोर माथि सत्तारुढ दलले नै राजनीतिकरण गरेपछि प्रहरी परिचालन गरेर फोहोर बोकेको गाडि सिसडोल र बञ्चरेडाँडा पठाईएको छ । जस्का कारण स्थानीय र प्रहरीबीच मुटभेढको स्थिति सृजना भएको छ । केही दिन देखि सिसडोल र बञ्चरेडाँडा अशान्त छ । यसर्थ फोहोर माथि राजनीतिकरण होईन कि सर्वपक्षिय बैठक बसेर हल निकाल्नु खोज्नु चाहिँ वद्धिमानी हुन्छ ।

नभए फोहोरकै कारण राजनीतिक दललाई आसन्न निर्वाचनमा अफ्ट्यारो पर्दैन भन्न सकिन अबस्था छैन् । महानगरले पनि बल लगाएर नभएर बैठकबाट समस्या समाधान गर्नु आवश्यक छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.