गठबन्धनमा लोसपा रहने नरहने शुक्रबार टुंगो लाग्ने

 ग्लोबल टिभि      बिहिबार, भदौ २, २०७९      0

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।

संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

यस्तै गठबन्धन र सरकार लगायतको विषयमा शुक्रबार छलफल गर्ने तय भएको सोनलले जानकारी दिए । त्यसपछि लोसपाको आगामी यात्रा तय हुने उनको भनाइ छ । उनले भने, ‘नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री देउवा सकारात्मक नै हुनुहुन्छ, संसदबाट विधेयक पास हुनेमा विश्वस्त हुनुहुन्छ । अन्य विषयमा प्रधानमन्त्रीसँग भोलि पनि कुरा हुने सम्भावना छ ।’

जतिबेला लोसपा एमालेसँग निकट थियो, त्यो निकटता तोड्नका लागि प्रधानमन्त्री देउवाले पटकपटक लोसपालाई गठबन्धन तथा सरकारमा आउन आग्रह गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *