भागरथीको हत्याका आरोपित भट्टलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन १२, २०७७      0

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यामा संलग्न आरोपितलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको थियो ।

अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको छ । हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ ।

भट्टलाई घटनास्थल आसपास देख्नेहरुको कागजी बयानदेखि फरेन्सिक जाँच पनि जारी छ । भागरथीको भजाइनल स्वाब प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । उनको मोबाइलको समेत प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको छ ।

विद्यालयबाट २१ माघमा घर नफर्किएपछि भट्टको खोजी सुरु भएको थियो । भोलिपल्ट उनको शव सडकबाट ३० मिटर पर झाडीमा भेटिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *