डम्बर चौलागाईं,दोलखा।जिल्लाको बैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित बैतेश्वर अस्पतालले गाउँपालिका भित्रका आर्थिक संकट र गरिबीका कारण आँखा रोगको उपचार तथा शल्यक्रिया गर्न नसकेका बिरामी छनौट गरी निशूल्क शल्यक्रिया हुने भएको छ । आर्थिक अभावमा आँखाको रोगको उपचारबाट बञ्चित गाउँपालिका भित्रका नागरिकको निशुल्क शल्यक्रिया तथा चस्मा वितरण गर्ने गाउँपालिकाले जानकारी दिएको हो ।
आइतबार अस्पतालले गाउँपालिका बाट शिविरमा सहभागी भएका आँखामा मोतिबिन्दु देखिएका २९ जना बिरामी मध्ये अतिअशक्त तथा गरीब बिरामीको छनौट गरेर निशूल्क शल्यक्रिया गर्ने तयारी गरेको जनाएको छ। अस्पतालले ६०वर्ष उमेर माथिका महिला तथा पुरुष आँखाका बिरामी छनौटगरी चस्मा वितरण गर्ने जनाएको छ।
शिविरमा छनौट परेका बिरामीलाई आगामी फागुन १७,१८ र १९ गते दोलखामा शल्यक्रिया गर्ने बताइएको छ ।आइतबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, लायन्स आँखा केन्द्र दोलखाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ५ को बैतेश्वर अस्पतालमा एक दिने आँखा शिविर सम्पन्न भएको थियो।
आर्थिक संकटका कारण आफ्नो आँखाको उपचार गर्न नसकेका आँखा रोगी बिरामीको हितको लागी गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा २४०जना आँखाका रोगीले आँखा जचाएको अस्पतालका व्यवस्थापक देव राज खत्रीले जानकारी दिए।यसैगरी अब बैतेश्वर अस्पतालमै आँखारोगका बिरामीले दैनिक निशुल्क उपचार गर्न पाउने भएका छन्।
Leave a Reply