तारकेश्वरमा फेरि बर्डफ्लू भेटियो

साढे १२ हजार कुखुरा नष्ट

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले तारकेश्वरमा फेरि बर्डफ्लू देखिएपछि केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको ग्लोवल टेलिभिजनलाई जानकारी दिए ।

बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार मात्रै साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । यसअघि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । पछिल्लो समय कर्णाली प्रदेशको सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण भेटिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *