गोकुलगंगामा पहिरोबाट पिडित बनेका परिवारलाई एमालेको सहयोग

 ग्लोबल टिभि      बुधबार, भदौ ८, २०७९      0

भदौ ८– रामेछापको गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित परिवारलाई नेकपा एमालेले सहयोग गरेको छ ।

भाद्र २ गते गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित परिवारलाई नेकपा एमाले गोकुलगंगा रामेछाप काठमाडौँ सम्पर्क मञ्चले सहयोग गरेको हो ।

सम्पर्क मञ्चले संकलन गरेको आर्थिक सहयोग आज पिडित परिवारलाई हस्तान्तरण गरिएको एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिए ।

सम्पर्क मञ्चका अध्यक्ष प्रकाश कार्की सहितले बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेल, बागमती प्रदेश कमिटी सदस्य खड्ग सुनुवार र एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठको उपस्थितीमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

सम्पर्क मञ्चले १ लाख १ हजार ५२५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको थियो ।

पहिरो पिडित परिवारलाई आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेकोमा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले गोकुलगंगा रामेछाप काठमाडौँ सम्पर्क मञ्चलाई धन्यवाद पनि दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *