ओली–देउवाबीचको भेटले गठबन्धनमा तरंग

माओवादी र एकीकृतलाई तनाव

 ग्लोबल टिभि      बुधबार, भदौ ८, २०७९      0

विकास/विजय– लामो संवादहिना तोड्दै बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुबाटारमा भेटबार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुबाटार पुगेका हुन् । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओलीको भेट भएको छ । जसलाई निकै महत्वकासाथ हेरिएको छ ।
स्थानीय तह निर्वाचन अघि यसरी नै ओली र देउवाको बालुबाटारमा भेट भएको थियो पटक–पटक ।

त्यसपछि भने ओली र देउवाबीच बुधबार यसरी भेट–घाट भएको हो । ओली र देउवाबीचको यो भेटलाई निकै महत्वकासाथ हेरिएको छ । भेटमा ओलीले सुरुमै देउवालाई नेकपा एमाले भन्ने पार्टी पनि देशमा रहेको छ नर्बिसनुस् भन्दै सम्झाएको बुझिएको छ । त्यस्तै ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको भेटमा सहभागि अर्का एमाले नेता अपाध्यक्ष विष्णु पौडेलले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनमा नै पनि सत्ता गठबन्धनले चरम सत्ताको दुरुपयोग गरेको आरोप लगाएको एमालेले संघीय निर्वाचन पनि निष्पक्ष हुने भन्ने शंका व्यक्त गरेको छ । अब मात्र केही महिना निर्वाचन आउँन बाकी रहँदा ओलीले प्रधानमन्त्री देउवालाई निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित र भयरहित ढंगले सम्पन्न गर्न आग्रह गरेका अन्यथा एमाले कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी समेत दिएका थिए ।

भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भएपनि पुनः प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको प्रतिकृया दिएको बुझिएको छ । तर, यता सत्तारुढ दलका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले भने बुधबार नै चितवन पुगेर नागरिकता विधेयकमा एमालेले पाखण्डी प्रचारबाट जनता भ्रममा छर्दै गएको तर, त्यसले केही असर नगर्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा एमालेले सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि असन्ुतष्टि जनाएको छ । ओलीले सुरुमै प्रधानमन्त्रीजी, टीआरसीमा मनलाग्दी गर्ने ? भन्दै देउवासँग झोकिएका थिए ।

त्यस्तै ओलीले देशमा अनियमिता, भ्रष्टाचार र महंगिहरु बढीरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेका थिए । मुख्यत ओलीले प्रधानमन्त्रीसँग चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धिका विषयमा कुरा गरेका थिए । भेटमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री बाहेक एमाले उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङ र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागि थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *