दरबार हाई स्कुललाई चिनियाँ सहयोग

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

काठमाडौं। चीन सरकारले काठमाडौंस्थित दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा सरकार र चिनियाँ जनताको तर्फबाट स्टेशनरी, खेलकुद, स्वास्थ्य सामग्री लगायत विद्यालय पोशाक सहयोग गरिएको हो ।
शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।
उक्त अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शैक्षिक क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा गरे ।

२०७२ सालको विनाशकारी भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षती भएपछि चिनियाँ सरकार आफैले विद्यालय भवनको पुनर्निर्माण गरेको हो । पुनर्निमाण पछि बनेको भवनका कक्षा कोठाहरु ठूला, फराकिला र आधुनिक छन् । चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *