सुरक्षालाई मध्यनजर गर्दै महँगा मोबाइल तथा गरहना नलगाउन प्रहरीको अनुरोध

 ग्लोबल टिभि      मङ्लबार, भदौ १४, २०७९      0

भदौ १४ –हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा ब्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने विश्वास छ । सो विश्वासका साथ मंगलबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ ।

पशुपतिनाथमा भक्तजनको सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरा र एसपी दिनेशराज मैनाली सहितको टोली पशुपति क्षेत्रमा खटिएका छन् ।

पशुपति क्षेत्रको सुरक्षामा २४ सय प्रहरी परिचालन गरिएको छ । पुरुष प्रहरी १४ सय र महिला प्रहरी १ हजार जना परिचालन गरिएको छ । भक्तजनको सुरक्षाका लागी एक सिफ्टमा १२ सय प्रहरी खटिन्छन् ।

पशुपति दर्शन गर्न जानेहरूलाई महंगो मोबाइल नबोक्न र गहना लगाएर नजान प्रहरीले अनुरोध गरेको छ । ‘पाकेटमारी र लुटपाट हुनबाट जोगिन हामिले बहुमूल्य गहना नलगाउन र महंगो मोबाइल नबोक्न अनुरोध गरेका छौं’

पशुपति क्षेत्रमा प्रहरीले सिसिटिभी युनिट र एम्बुलेन्स स्ट्याण्डबाई राखेको छ । बालबालिका हराएमा कमाण्ड पोष्टमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *