के छ तिजको महत्व ?

 ग्लोबल टिभि      मङ्लबार, भदौ १४, २०७९      0

सुनिता/संजय- हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज, आज भगवान शिवको आराधान गरेर मनाईदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा ब्रत बसी भगवान शिवको पुजा आराधना गर्नाले सुख शान्ति र परिवारको कल्याण हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वासअनुसार कथन अनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तिजको अघिल्लो दिन हिजो दर खाएका महिलाहरुले आज निराहार ब्रत बसेर शिवालयमा गएर पुजा आराधना गर्ने गर्दछन । सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वासअनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

तिज नेपालीको मौलिक पर्व हो । तर बिगत केही वर्षयता आधुनिकताको नाममा पछिल्लो समय तिजमा विकृति भित्रिन थालेको छ । पछिल्लो समय परिबर्तनको बाहानामासस्तो लोकप्रीयताका लागी तिज मनाउदा यसको मर्म नै खतरामा परेको संस्कृतिविदहरुको तर्क छ ।

तिजको दिन काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको बिहानैदेखि घुंइचो लागेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *