ग्लोवल टि.भी.
शनिबार, फाल्गुन १५, २०७७
0
दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर ५ शहरे पौवा डाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जना यात्रु गम्भिर घाइते भएका छन् । काठमाडौंबाट च्यामा जादै गरेको बा २ ख ६५९८ नम्बरको बस दिउँसो करिब साढे १ बजे दुर्घटना भएको हो ।
गम्भिर घाइते तीनजनामध्ये एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौ ल्याउने तयारी भइरहेको छ ।
अन्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट २० मिटर तल खसेको छ । बसमा २० जना यात्रु सवार थिए ।
Post Views: 707
Leave a Reply