राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न निर्देशन

 ग्लोबल टिभि      बुधबार, भदौ १५, २०७९      0

भदौ १५– काठमाडौं महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ ।

मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

काठमाडौं नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन पछि रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको टोली नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौं पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *