अपडेटः काँग्रेस नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १५, २०७७      0

मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका पूर्व मन्त्री एवमं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शनिबार बिहान राउण्ड गर्ने क्रममा बेहोस पार्ने औधषी हटाएर हेर्दा नेता जोशीले दाइने हात र खुट्टा चलाएका उनको उपचारमा संलग्न न्युरो सर्जन डा.राजीव झा ले जानकारी दिए । नर्भिक अस्पतालमा  भर्ना भएदेखि नै नेता जोशीलाई बेहोस पार्ने औषधी राखेर उपचार जारी गरिएकोमा बिहान डेढ घण्टा बेहोस पार्ने औषधी हटाइएको थियो ।
नेता जोशीको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको न्युरो सर्जन झा को भनाइ छ ।
उनलाई अहिले पनि आइसियु सघन उपचार केन्द्रमा राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *