काठमाण्डौं । प्रतिष्ठित ब्यबसायी, नेपाली कांग्रेस का नेता, प्रतिनिधि सभाका सदस्य सुर्य बहादुर केसीको निधन भएको छ ।
पारिवारिक श्रोतले सोमबार राति १० बजेर ३० मिनेटमा ६३ बर्षको उमेरमा केसीको निधन भएको जनाएको छ । नेपाली कांग्रेसले सांसद केसीको निधनमा शोक ब्यक्त गरेको छ । केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। उनको यसअघि मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।
केसीको आज अन्तिम संस्कार गरिने जनाइएको छ ।
पोखरा निवासी सांसद केसी प्रतिष्ठित चाउचाउ रारा कम्पनीका सञ्चालक हुन् ।केसी कन्ट्रक्सन प्रालि बाट ब्यबसाय सुरु गरेका केसी हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ, बिभिन्न मेडिकल कलेज, होटल म्यानेजमेन्ट कलेज, माछापुच्छ्रे बैंक, बिभिन्न स्थानमा हाईड्रोपावर लगायत दर्जनौ बढी ब्यवसायिक संस्थामा आबद्व थिए ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केसीको निधनमा हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
Leave a Reply