मुलुकको शैक्षिक गुणस्तर लगातार खस्कदै गएको शिक्षाविद्को जिकिर(भिडियोसहित)

सुधारका उपाय तत्काल सुरु गर्न सुझाव

 ग्लोवल टि.भी.      शनिबार, भदौ १८, २०७९      0

सुनिता/संजय- राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा १२ को नतिजा सार्वजनिक ग¥यो । सार्वजनिक भएको नतिजाअनुसार परीक्षामा पास हुनेभन्दा फेल हुने विद्यार्थीको संख्या बढि देखिएको छ ।

यसअघिका दुईवर्ष विद्यालय आफैले परीक्षा सञ्चालन गर्दा नतिजामा समेत सुधार देखिएको भएपनि अहिले भने धेरै विद्यार्थी अनुत्तीर्ण भएका हुन् । विज्ञहरुले नतिजाकै आधारमा समेत गुणस्तर झन् खस्किदै गएको देखिएको बताएका छन् ।

राष्ट्रिय परीक्षा वोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । ३ लाख ६३ हजार ८ जना परीक्षार्थीमध्ये उच्च शिक्षामा भर्ना हुन पाउने १ लाख ७४ हजार ५ सय ९८ जना मात्रै रहेका छन् । त्यस्तै गे्रडवृद्घि परीक्षा दिन पाउने विद्यार्थीको संख्या मात्रै १ लाख तिस हजार ८७८ रहेको छ भने अर्को वर्ष पुनः परीक्षा दिन पर्ने ५७ हजार ५३५ जना रहेका छन् ।

कोभिड महामारीका कारण यसअघिका दुई वर्ष भने होमसेन्टरमा परीक्षा सञ्चालन गरेर विद्यालय आँफै र बाह्य परीक्षकले परीक्षण गरेका थिए । जुनबेला धेरै विद्यार्थी उत्तिर्ण समेत भएका थिए । तर अहिलेको नतिजा भने कोरोना महामारीअघिको भन्दा नतिजा झनै खस्केको देखिएको छ ।

वोर्डले सार्वजनिक गरेको नतिजाले विद्यालयहरुको शैक्षिक गुणस्तरमाथि नै प्रश्न उठेको छ । कोरोना महामारीका कारण विद्यार्थीहरुले नियमित रुपमा भौतिक रुपमा पठनपाठन गर्न नपाएका कारण समेत अहिलेको नतिजा आएको हुनसक्ने कतिपयले अनुमान गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.